नेपाली लोक संगीत क्षेत्रमा क्रियाशिल गायक तथा सर्जक पूर्ण परियारको लोकप्रिय लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’ ले भारतीय अवार्ड हासिल गरेको छ ।


ADVERTISEMENT


हालै मुम्बईमा आयोजित दास्रो सिने प्रिमियर अवार्डमा परियारको सामाजिक लघुचलचित्रले ३ विद्यामा अवार्ड जितेको हो । लघुचलचित्रले “बेष्ट इन्टरनेशलन सर्ट फिल्म गोल्ड अवार्ड” त्यस्तै “बेष्ट इन्टरनेशलन सर्ट फिल्म अन सोसल इसु गोल्ड अवार्ड” र “बेष्ट सिनेम्याटोग्राफी अवार्ड” प्राप्त गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


हाल अष्ट्रेलियामा रहेर गीत तथा लघुचलचित्रमा ब्यस्त रहेका परियार भारतीय दोस्रो सिने प्रिमियर अवार्डमा उक्त लघु चलचित्र नोमिनेशनमा परेपछि मुम्बइ पुगेका थिए । अवार्ड प्राप्त गरेपछि खुसी हुँदै उनले भने,– ‘मलाई यो अवार्डले अझै जिम्मेवारी पनि थपिदिएको महशुस गरेको छु, चलचित्र मार्फत यस्तै खराब सामाजिक मनोभावनालाई अन्य दिनमा पनि परिवर्तन गर्दै जानेछु’ । ‘ढाँटी ढाँटी’, बुट्टे चोली लगायतका एल्वमहरुबाट परिचित बनेका परियारले अहिले लघु चलचित्र संगै अन्य नयाँ कामहरु गरिरहेका छन् ।

https://youtu.be/EBzYV8Z-sTI