नगरकोट– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको उनको आरोप थियो । “सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,” उनले भए ।