पिट्सवर्ग, अमेरिका – संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT


यही सन २०१८ को सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मुलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।


ADVERTISEMENT

# # #


महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई.अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं) सहभागी भएका थिए ।

यस्तै सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा) लगायत उपस्थित थिए ।

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् । आफुहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए ।

त्यस्तै उनले आफुहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैर राजनीतिक तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि आफ७त्रगयतसहरुले छलफल गरेको साहले जानकारी दिए ।