काभ्रेपलाञ्चोक– मध्यपहाडी जिल्लामा अत्यधिक खपत हुने हिमालयन मेलम्ची मिनिरल वाटरको बनेपास्थित उद्योगमा गुण तथा खाद्य नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले सिल गरेको छ ।


ADVERTISEMENT


कम्पनी आफैंले गरेको परीक्षणमा हिमालयन मेलम्ची मिनिरल वाटर खान अयोग्य रहेको परीक्षण नतिजालाई लत्याउँदै बजारमा बिक्री वितरण गरेको पाइएपछि उद्योगमा सिल गरिएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी गराए ।


ADVERTISEMENT

# # #


कम्पनीले हरेक वर्ष खाद्य तथा गुण नियन्त्रण विभागमा अनुज्ञापत्र नवीकरण गर्नु अनिवार्य रहे पनि नवीकरण नभएको, आफैंले गरेको चेकजाँचमै पानीमा कैफियत देखिएको र जारको पानीमा सिल्ड नमारी सिधै उपभोक्तालाई बेचेकाले हिमालयन मेलम्चीमा सिल मारेको बताए । उनले उद्योगमा पर्याप्त सरसफाइसमेत नदेखिएको बताए । – आजको राजधानी दैनिकबाट