बारा– रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याइने क्षेत्रमा पर्ने वीरगञ्जका धार्मिक स्थल र पर्सा राष्ट्रिय निकुञ्जका कारण आयोजना समयमा नै नसकिने भएको छ ।


ADVERTISEMENT


निकुञ्जले ढिला गरी मात्र रूख काट्ने सहमति दिएको र धार्मिक क्षेत्रबाट पाइपलाइन कसरी ल्याउने भन्ने टुंगो नलाग्दा निर्धारित मितिमा नसकिने भएको हो । आयोजना मार्च २०१९ सम्ममा सक्ने सम्झौता भएको छ । पाइपलाइनको २०.९ किलोमिटर बारा र १५.२ किलोमिटर पर्सामा पर्छ । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #