काठमाडौँ– कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा दुर्घटना भएको छ ।


ADVERTISEMENT


ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस करिब २र३ सय मिटर तल खसेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।

दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।