काठमाडौं– नेपाललाई मेडिकल हबको रुपमा विकास गरी ‘मेडिकल टुरिजम’को उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रर्वद्धन अभियानको थालनी गरेको छ ।


ADVERTISEMENT


बंगलादेशस्थित नेपाली दुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तब्यको रुपमा पहिचान गराउन ढाकामा एक अन्तरक्रिया कार्यक्रममार्फत बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आह्वान गरिएको छ ।


ADVERTISEMENT

# # #


भारतलगायतका अन्य देशहरुभन्दा धेरै कम शुल्कमा विश्वस्तरीय सुविधा प्राप्त गर्न सकिने र ढाकाबाट काठमाडौ पुग्न करिब डेढ घण्टामात्र लाग्ने भएकोले छिटो, छरितो र शुलभ उपचारका लागि बंगलादेशीहरुलाई नेपालले आकर्षित गर्ने जयरामको भनाई थियो ।

बंगलादेशका लागि नेपालका राजदुत महामहिम प्रा.डा. चोपलाल भुसालले नेपालले पर्यटनका अलावा सेवा क्षेत्रलाई पनि प्रमुखताका साथ प्रवद्र्धन गर्नसक्ने बताउँदै स्वास्थ्य उपचारका क्षेत्रमा नेपालले धेरै राम्रो काम गरेको बताए ।

विशेषगरि आँखा उपचारमा भारत, बंगलादेशलगायतका देशहरुबाट ठूलो संख्यामा नेपाल जाने गरेकोमा अब विश्वस्तरको भरपर्दो सेवाका लागि नेपालले आफूलाई विश्वसामु प्रस्तुत गरेको भुषालले बताए ।

नेपाली राजदुतावास, बंगलादेशका डेपुटी चीफ अफ मिशन धनबहादुर ओलीले धेरै बंगलादेशीहरु उपचारका लागि भारत गैरहेको सन्दर्भमा उनीहरुलाई उपचारका लागि नेपालतर्फ आकर्षित गर्न आफूहरुले सहयोग गर्ने बताए । बंगलादेशीहरुलाई भिसा सहजताका कारणले नेपालमा उपचार गर्न जान सजिलो हुने उनले बताए ।

बंगलादेशका उद्योगपति, पर्यटन व्यवसायी, चिकित्सक, पत्रकारहरुसंगको अन्तरक्रियामा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले नेपालको हावापानी, रहनसहन, संस्कृति र आतिथ्यको साथमा विश्वस्तरको अस्पतालको सुविधा लिन बंगलादेशीहरुलाई नेपाल सहज गन्तब्य हुने बताए ।