काठमाडौँ– भारतीय क्रिकेट अलराउन्डर रवीन्द्र जडेजाले टेष्ट फम्र्याटमा पहिलो शतक बनाएका छन् । भारतको राजकोटस्थित सौराष्ट्र क्रिकेट स्टेडियममा जारी वेष्ट इन्डिजसंगको पहिलो टेष्टमा उनले व्यक्तिगत पहिलो शतक प्रहार गरेका हुन् ।


ADVERTISEMENT


१३२ बलमा १०० रन पूरा गरेका जडेजाले ५ चौका र ५ छक्का प्रहार गरे  । यस अघि जडेजाको व्यक्ति गत उच्च स्कोर ९० रन रहेको थियो ।


ADVERTISEMENT

# # #


भारतले अहिले १४९.५ ओभरमा ९ विकेटको क्षतीमा ६४९ रन बनाएको छ ।