काठमाडौं– नेपालका सुपरस्टार मानिने नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ ।


ADVERTISEMENT


चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेको निर्माण युनिटले बताएका हुन् ।


ADVERTISEMENT

# # #


दिवाकर भट्टराइको निर्देशन रहेको यस चलचित्रमा भीएफएक्सको पनि प्रयोग गरिएको छ । चलचित्रमा अनमोलका साथै सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।