बारा– समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्रममा नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मुल्य बराबरको काठ कुहिन थालेका छन ।
तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा बिक्री वितरण हुन नसक्दा कुहिदै गएको हो । बर्षाको भल पानीमा डुबेर काठ कुहिने अवस्थामा पुगेको बकैया नागमणी समुहका अध्यक्ष रवी दङ्गालले बताएका छन् । ‘अधिकांश काठ कुहिन थालेको छ, बकैया नागमणी अध्यक्ष दङ्गालले भने, वन कार्यालयबाट समयमै अनुमति प्राप्त गर्न नसक्दा कुहिएर खेर गयो ।’
उनले प्रकृया पुरा गर्ने नाममा वन कार्यालयबाट समुह बाहिर बिक्रीसंगै आन्तरिक खपतको लागि पनि सहमति पाउन नसकेको र साल बाहेक अन्य जातका काठ दाउरा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको जानकारी गराएका छन् ।
फास्टट्याक निर्माण क्रममा सेनाले बाराको निजगढ नगरपालिकाको नागमणी सहित निजगढ १० को जनहित, निजगढ ४ स्थित कछडिया र बाघभैरव सामुदायिक तथा राष्ट्रिय वनमा काटेको करिव २० हजार क्विफिट काठ अहिलेसम्म पनि बिक्री वितरण हुन सकेको छैन् । – आजको नेपाल समाचारपत्रबाट