काठमाडौँ– कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा घटना स्थलमा अनुसन्धानका क्रममा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी नायव निरीक्षक हरसिंह धामी र जवान चाँदनी साउँदलाई निलम्बन गरिएको छ ।


ADVERTISEMENT


हत्यापछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भूमिकामाथि छानविन गर्न प्रहरी प्रधान कार्यालयबाट गठित समितिको सिफारिसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत दुई प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम ५ (क) र (ग) अनुसार सई धामी र जवान साउँद निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयनले जनाएको छ । निर्मलाको घटना स्थलमा अनुसन्धान गर्दा प्रमाण नष्ट हुने गरी काम गरेको उनीहरुलाई आरोप लागेको छ ।

घटनाको छानविनका लागि गत भाद्र ३१ गते प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति गठन गरेको थियो ।