• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




शेयर बजारमा सामान्य सुधार

Oct 8, 2018 |

शेयर बजारमा सामान्य सुधार

384
SHARES
ShareTweet

काठमाडौँ–  धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ ।

अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सो आवमा संस्थाले रु ४१ लाख नौ हजार ३३५ मुनाफा गरेको थियो ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousमोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् सस्तोमा पाइने राम्रा स्मार्ट फोन
Nextदशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

ताजा खबर

  • स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते
  • उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन् : मन्त्री भण्डारी
  • उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह
  • प्रधानमन्त्री ओलीद्वारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
  • रुपन्देही-३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने लोकतान्त्रिक मोर्चाको निर्णय

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved