काठमाडौँ– दशैँ, तिहार नजिकिँदै गर्दा कम पैसामा नै मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस् हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् । फ्ल्याग्शिप स्मार्टफोनको तुलनामा बजेट स्मार्टफोनका विविध कुरामा कटौती गरिए पनि साधारण दैनिक कार्यका लागि यी स्मार्टफोन पर्याप्त हुन्छन् । नेपाली बजारमा उपलब्ध भएका र लगभग १८ हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ । स्मार्टफोनको हालको बजार मूल्यका आधारमा यो सूची निर्माण गरिएको हो ।


ADVERTISEMENT


१. हुवावे Y6 २०१८


ADVERTISEMENT

# # #


अहिले खुबै प्रचलनमा आएको १८:९ अनुपातको डिस्प्ले राखिएको यो बजेट स्मार्टफोन निकै आकर्षक छ । नेपाली बजारमा हुवावे Y6 Prime का नामले पनि चिनिने यस मोडलको बजार मूल्य लगभग १५,५०० रुपैयाँ छ ।

यस स्मार्टफोनमा २ GB RAM र पुरानो Snapdragon 425 प्रोसेसर राखिएको छ । मेमोरी कार्डमार्फत बढाउन मिल्ने १६ GB आन्तरिक स्टोरेज छ । यो स्मार्टफोन Android 8.0 मा चल्छ ।

नेपाली बजार मूल्य : १५,५००

  • यस स्मार्टफोनको बलियो पक्ष
  • आकर्षक डिजाइन
  • फूल स्क्रिन १८:९ डिस्प्ले
  • राम्रो क्यामरा : (मुख्य-१३ MP र सेल्फी-५ MP)
  • फ्रन्ट फ्ल्यास

यस स्मार्टफोनको कमजोर पक्ष

  • फिंगरप्रिन्ट स्क्यानर छैन
  •  पुरानो र स्लो प्रोसेसर : Snapdragon 425
  •  डिस्प्लेमा प्रोटेक्सन छैन
  •  मात्र २ GB RAM

 

 

२. जियोनी s11 लाइट

गत वर्ष रिलिज हुँदाको समयमा जियोनी s11 लाइटको मूल्य केही महँगो राखिएको भए पनि अहिले घटेको छ । यस स्मार्टफोनमा पनि अहिले खुबै प्रचलित भएको डबल क्यामरा र १८:९ अनुपातको डिस्प्ले प्रयोग गरिएको छ तर पनि माथिल्लो र तल्लो बेजेल भने ठूलो नै छ । मज्जाले टल्किने सिसाबाट बनेको पछाडीपट्टिको भाग हेर्दा निकै आकर्षक छ । यही रेन्जका अन्य स्मार्टफोनमा भन्दा धेरै र्याम र स्टोरेज यस फोनमा राखिएको छ ।

नेपाली बजार मूल्य : १५,८००

यस स्मार्टफोनको बलियो पक्ष

  • आकर्षक सिसाको डिजाइन र फूल स्क्रिन १८:९ डिस्प्ले
  • पर्याप्त भण्डारण र RAM ( 4 GB Ram, 32 GB आन्तरिक स्टोरेज र मेमोरी कार्ड लाग्ने
  • बल मुख्य क्यामरा – १३ MP, f/2.2, AF र  २ MPको depth sensor क्यामरा
    सेल्फी क्यामरा – १६ MP
  • फास्ट फिंगरप्रिन्ट स्क्यानर

यस स्मार्टफोनको कमजोर पक्ष

  • डिस्प्लेमा प्रोटेक्सन छैन
  • पुरानो र आउटडेटेड एन्ड्रोइड : Android 7.1 (Nougat)

३. ग्यालेक्सी J4

सामसुंगले यसै वर्ष निकालेको बजेट स्मार्टफोन हो ग्यालेक्सी J4 ।  अलिक महँगो व्ट मा भएका प्रोसेसर र अन्य आन्तरिक कुरा र सस्तो J4 को डिजाइन मिसाएर बनाइएको यो स्मार्टफोन बजेट कम भएकाका लागि निकै आकर्षक प्याकेज हो । अहिले प्रचलनमा आएको १८:९ डिस्प्ले र डबल क्यामरा नभए पनि यस स्मार्टफोनले आधारभूत कुराहरुलाई राम्रोसँग समेटेको छ । मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने ५ मेगापिक्सलको सेल्फी क्यामरा राखिएको छ ।

नेपाली बजार मूल्य  : १६,५००

यस स्मार्टफोनको बलियो पक्ष

  • निकै राम्रो AMOLED प्रविधि प्रयोग गरिएको डिस्प्ले
  • राम्रो ब्याट्री लाइफ – ३००० mAhको ब्याट्री
  • फास्ट Exynos 7570 प्रोसेसर
  • फ्रन्ट फ्ल्यास

यस स्मार्टफोनको कमजोर पक्ष

  • मात्र २ GB RAM
  • आउटडेटेड डिजाइन
  • डिस्प्लेमा प्रोटेक्सन छैन
  • फिंगरप्रिन्ट स्क्यानर छैन

४. नोकिया ५

नोकिया ५ लाई थोरै बजेटमा आउने सबैभन्दा आकर्षक स्मार्टफोन मान्न सकिन्छ । एल्मुनियमबाट बनेको यो स्मार्टफोनको बनोट आकर्षकका साथै निकै बलियो पनि छ ।

नोकियाका हरेक नयाँ स्मार्टफोन एन्ड्रोइड वान प्रोग्रामसँग आबद्ध रहेकाले नोकिया ५ ले पनि लामो समयसम्म द्रुत अपडेटको फाइदा उठाउन सक्नेछ । अगाडी १६:९ अनुपातको ७२० पिक्सेल डिस्प्ले राखिएको छ जसको मुनिपट्टि फास्ट फिंगरप्रिन्ट स्क्यानर पनि छ ।

यस स्मार्टफोनको बलियो पक्ष

  • निकै आकर्षक डिजाइन
  • बलियो निर्माण गुणस्तर
  • लेटेस्ट एन्ड्रोइडको संस्करण पाउने
  • राम्रो ब्याट्री लाइफ : ३००० MAH ब्याट्री

यस स्मार्टफोनको कमजोर पक्ष

  •  औसत परफरमेन्स : Snapdragon 430 प्रोसेसर
  • मात्र २ GB RAM
  • औसत क्यामरा : १३ MP मुख्य र ८ MP सेल्फी

 

 

५. सायोमी रेड्मी ६

चिनियाँ कम्पनी सायोमीले निकै लामो समयदेखि थोरै रकममा पनि अब्बल परफरमेन्स, क्यामरा र गुणस्तर भएका स्मार्टफोन बिक्री गर्दै आएको छ  । रेड्मी सिरिज सायोमीको निकै प्रचलित बजेट स्मार्टफोन सिरिज हो । निकै ट्रेन्डमा आएको १८:९ अनुपातको ५.४५ इन्चको डिस्प्ले राखेर बनाइएको यो स्मार्टफोन हेर्दा आकर्षक छ ।

नेपाली बजार मूल्य : १६,५००/-

यस स्मार्टफोनको बलियो पक्ष

  • राम्रो डिस्प्ले : ७२०p १८:९ अनुपातको
  • डबल क्यामरा : १२ MP मुख्य क्यामरा र ५ MP डेप्थ सेन्सर , ५ MP सेल्फी क्यामरा
  • फास्ट प्रोसेसर : Helio P22
  • फास्ट फिंगरप्रिन्ट स्क्यानर

यस स्मार्टफोनको कमजोर पक्ष

  • औसत ब्याट्री लाइफ : ३००० mAh ब्याट्री
  • डिस्प्लेमा प्रोटेक्सन छैन