एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन दुर्व्यवहारको आरोप खेपेका न्यायाधीश ब्रेट क्याभानोसँग अमेरिकी जनताको तर्फबाट ‘राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुट्टा अभियान’का निम्ति माफी मागेका छन् ।


ADVERTISEMENT


विवादित अनुमोदन प्रक्रियापश्चात् उनको शपथ ग्रहणको समारोहमा बोल्दै ट्रम्पले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्याङ्कन हुनुपर्ने बताए । शनिवार पार्टीगत रूपमा भएको मतदानमा सिनेटले क्याभानोलाई ४८ का विरुद्ध ५० को मतले सर्वोच्चको न्यायाधीश पदमा अनुमोदन गरेको थियो ।


ADVERTISEMENT

# # #


उक्त अनुमोदन प्रक्रिया निकै विवादित रह्यो। केही महिलाले क्याभानोविरुद्ध यौन दुर्व्यवहारका आरोप लगाएका थिए । एकजना आरोपी क्रिस्टिन ब्लाजे फोर्डले सिनेटमा क्याभानोले सन् १९८२ ताका आफूमाथि यौन हमला गरेका विवरण सुनाएकी थिइन् ।

तर क्याभानोले ती सबै आरोप झुट्टा भएको बताएका थिए । राष्ट्रपति ट्रम्पले क्याभानोको पक्ष लिँदै विपक्षी दलले असत्य विवरणहरूको अभियान चलाएको दोष लगाएका थिए ।

निकै विवादपश्चात् भएको उनको अनुमोदनका कारण शपथ ग्रहण समारोहमा ट्रम्पले क्याभानो तथा उनका परिवारसमक्ष लाञ्छनाका कारण उनीहरूलाई पुगेको पीडा र चोटका निम्ति अमेरिकी जनताका तर्फबाटै माफी चाहेको बताए ।