काठमाडौं– नेपालकी चर्चित नायिका हुन् नम्रता श्रेष्ठ । उनी जति चर्चित छिन् उती नै विवादित नायिका पनि हुन् । उनै नायिकामाथि उपन्यास लेखिने भएको छ ।


ADVERTISEMENT


लेखक सविन प्रियासनले नायिका नम्रतालार्इ लिएर उपन्यास लेख्ने भएका हुन् । उपन्यासमा ब्लु भिडियो प्रकरणपछि नम्रताले आफूलार्इ समाजमा पुनर्स्थापित गराउनका लागि गरेको ‘संघर्ष’ लाई फोकस गरिने लेखक सविनले बताएका छन् ।


ADVERTISEMENT

# # #


सविन भन्छन्, ‘उहाँले ब्लु भिडियो सार्वजनिक पश्चात साहसिक रूपमा आफूलार्इ पुनर्स्थापित गर्नुभयो । यसले नै मलार्इ उहाँप्रति उपन्यास लेख्न प्रेरित गरेको हो ।’ उनी भन्छन्, ‘कमजोर मन भएकाहरूले यस्तो घटना बाहिरिए पश्चात आफूलार्इ सम्हाल नसकेर आत्महत्या पनि गर्छन् । तर, नम्रताले हिम्मत नहारी फिल्मलार्इ निरन्तरता दिइरहनुभयो ।’

सविनका अनुसार, ब्लु भिडियोको प्रकरणका बारेमामा पुस्तकमा चर्चा हुन्छ तर थोरै। नम्रताले ब्लु भिडियो प्रकरणलाई धेरै हाइलाइट नगर्न आग्रह समेत गरेकी छिन् ।

पुस्तक आउँदो वैशाखमा बजारमा ल्याउने लक्ष्य राखेका लेखक सविनले पुस्तकको नाम भने फाइनल गरी नसकेको बताएका छन् ।

दाङको घोराहीमा बसोवास गर्ने पत्रकाररसाहित्यकार प्रियासन केहि समयको बिश्रामपछि नम्रताकै कारण आफू उपन्यास लेखनमा फर्किएको बताउँछन् । हालसम्म यिनका ६ वटा उपन्यास प्रकाशित भएका छन् ।