काठमाडौं– मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनसँग खेल्दैछ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर चीनलाई ब्याटिङको निम्तो दिएको छ ।


ADVERTISEMENT


जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । जारी प्रतियोगितामा सबै चार खेलमा जित निकालेको नेपाल ८ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको छ ।


ADVERTISEMENT

# # #


पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८–८ विकेटले हराएको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० र चौथो खेलमा भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो ।

यता प्रतियोगिताको सबै भन्दा कमजोर टोली चीन ४ खेलमा ४ मा नै पराजित हुँदै अंक तालिकाको पुछारमा छ । चीनले थाइल्यान्ड र सिंगापुरसँग समान १०–१० विकेट तथा भुटानसँग ९ र म्यानमारसँग ८ विकेटले पराजित भएको हो ।

पुरुष क्रिकेटको इतिहासमा चीन र नेपाल पहिलो पटक भिड्न लागेका हुन् । महिला क्रिकेटमा भने चीन र नेपाल खेलिसकेका छन् । नेपालले आफ्नो अन्तिम खेल आगामी शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

सिंगापुर पनि प्रतियोगितामा चारै खेल जितेर समान ८ अंकसहित दोस्रो स्थानमा छ । आजै सिंगापुरले भुटानको सामना गर्दैछ ।