काठमाडौँ– बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT


रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।


ADVERTISEMENT

# # #


रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए । – गोरखापत्रबाट