काठमाडौं– यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारी चालक अनुमतिपत्र लाइसेन्स विक्री गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


यातायात व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्दा दायर भएको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भुपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदीलाई प्रतिवादी बनाएको हो । – आजको नयाँ पत्रिकाबाट


ADVERTISEMENT

# # #