काठमाडौं– आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ ।


ADVERTISEMENT


एनआइबीएल : मास्टर्ड कार्ड को समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताए ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा एनआइबीएल : मास्टर्ड कार्डको समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहक महानुभावलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी (क्यास ब्याक) पनि उपलब्ध गराउने योजना बैंकले ल्याएकोछ । यसका लागि भने केहि शर्तहरु लागूहुने छ ।

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई एनआइबीएल : मास्टर्ड कार्डले आर्थिक कारोवार गर्न सहयोग पुर्याउने बैंक लिमिटेडले विश्वास लिएको जनाएको छ ।