काठमाडौँ– एनआईसी एशिया बैंकले बाँकेमा आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवनचोक र बैजनाथ गाउँपालिका वडा नं. ६ स्थित सम्झनाचोकमा नयाँ शाखामार्फत सेवा सुरु गरेको हो ।


ADVERTISEMENT


समारोहका बीच त्रिभुवनचोक शाखाको एनआइ सी एशिया बैँकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा सम्झनाचोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले बुधबार उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।