काठमाडौँ — नेपालीहरुले बिहीबार नयाँ विश्व किर्तिमान कायम गरेका छन् । किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा ३६५ जना गायक–गायिकाले एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका हुन् ।


ADVERTISEMENT


दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।


ADVERTISEMENT

# # #