काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले वामदेव गौतमको भूमिका संसद, सरकार र पार्टीभित्र सबै ठाउँमा रहेकोले प्रतिनिधिसभाको सदस्य बन्नुपर्ने स्पष्ट पारेकी छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद झाँक्रीले नेता गौतमको आवश्यकता संसद, सरकार र पार्टीमा पनि रहेको उल्लेख गर्दै गौतमलाई संसदमा ल्याउँदा फाइदा हुने जिकिर गरिन् ।


ADVERTISEMENT

# # #


उनले वामदेव गौतम चुनाव लड्ने वा नलड्ने भन्ने विषयबारे प्रतिक्रिया दिँदै भनिन्, ‘अब उहाँ चुनाव लड्ने वा नलड्ने, कुन क्षेत्रबाट लड्ने भन्ने कुरा पार्टीले विश्लेषण गर्नुपर्छ । वामदेव गौतम संसदमा आवश्यक छ कि छैन भन्ने कुरा एक जना महत्वपूर्ण व्यक्तिको आवश्यक सँधै र सबै ठाउँमा हुन्छ ।’

‘संसदमा एकदमै महत्वपूर्ण विषयमा छलफल भैरहँदा शीर्षस्थ नेताहरुको आवश्यकत्ता खड्किन्छ । हाम्रो पार्टीका शीर्षस्थ नेताहरु संसदमा हुनुहुन्छ । तर, वामदेव गौतम हुनुहुन्न ।’ उनले भनिन्, ‘स्वभावैले उहाँपनि भएको भए अलिकति सफल र जीवन्त हुन्थ्यो, अथवा संसद चल्ने कुरा अझै फरक हुन्थ्यो की भन्ने कुरा हामीले अपेक्षा गर्नु स्वभाविक हो ।’

नेता वामदेवको आवश्यकत्ता हो कि होईन भन्ने कुराको बहस पब्लिक्ली भन्दापनि पार्टी एकता प्रक्रियाको सन्दर्भमा उनले निरन्तर गरेका प्रयासहरु महत्वपूर्ण रहेको झाँक्रीको भनाई छ । उनले वामदेव गौतमको आवश्यकत्ता छैन भनेर आफूजस्तो नेताहरुले भन्ने दिन आज नआएको पनि स्पष्ट पारिन् ।