काठमाडौं– राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् ।


ADVERTISEMENT


दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


१९ जना कर्मचारी एकै पटक विदेश भ्रमण गर्न लागेको विषयमा हेलो सरकारमा उजुरी परेको छ । – आजको नागरिक दैनिकबाट