एजेन्सी– स्पेनले वेल्समाथि फराकिलो जित निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बिहिबार रति भएको खेलमा स्पेनले वेल्सलाई ४–१ को फराकिलो अन्तरले हराएको हो । स्पेनको जितमा पाको अल्कासेरले दुई तथा सर्जियो रामोस र मार्क बार्टाले १–१ गोल गरे । वेल्सका लागि स्याम भोक्सले सान्तवना गोल फर्काए ।


ADVERTISEMENT


प्रिसिपालिटीमा भएको खेलमा स्पेनले घरेलु टोलीमाथि आठौं मिनेटमा अल्कासेरको गोलबाट अग्रता लियो । डिफेन्डर सर्जियो रामोसले १९ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेपछि स्पेनको अग्रता दोब्बर भयो ।


ADVERTISEMENT

# # #


खेलको २९ औं मिनेटमा अल्कासेरले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा स्पेन ३–० ले अघि बढ्यो ।

एक पक्षीय रहेको खेलमा दोस्रो हाफमा वेल्सले केही सुधारिएको खेल प्रदर्शन गरे पनि गोल रोक्न सकेन । खेलको ७४ औं मिनेटमा मार्क बार्टाले गोल गर्दै स्पेनको जित निश्चित पारेका थिए । खेलको अन्तिमतिर वेल्सका स्याम भोक्सले सान्तवना फर्काए । यो सँगै स्पेनले खेल ४–१ मा जित्यो ।

स्पेनले मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डको सामना गर्नेछ । अर्को तर्फ, वेल्सले आयरल्यान्डको सामना गर्नेछ ।