काठमाडौँ– मलेसियामा जारी आईसीसी टि-२० बिश्व कप छनौट एसिया (पूर्वी) छनौट प्रतियोगितामा नेपाली युवा स्टार सन्दीप लामिछानेले नयाँ किर्तीमान कायम गरेका छन् ।


ADVERTISEMENT


उनी एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने सिनियर नेपाली बलर बनेका हुन् । उनले यस प्रतियोगितामा २४ विकेट लिएका छन् ।आजको खेलमा उनले ४ विकेट लिएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड वसन्त रेग्मी र विनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए ।

यु-१९ स्तरमा राहुल विश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेटनै लिएका थिए।

सन्दीपले यसअघि यू-१९ मा भने एकै प्रतियोगितामा २४ विकेट लिइसकेका थिए । उनले गत वर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए।