काठमाडौंं– कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात कञ्चनपुर पुगेका छन् ।


ADVERTISEMENT


समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो ।  निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।


ADVERTISEMENT

# # #


समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी)रहेका बस्न्त्यात पछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।