काठमाडौँ– दशैंको एवं नवरात्रिको आज चौंथो दिन, माता कुष्माण्डा भगवतीको पूजा–आराधना गरी मनाइँदै छ । देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।


ADVERTISEMENT


कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।


ADVERTISEMENT

# # #


उष्ण रक्तसमूह– मानव, चराचरुङ्गी तथा शीतरक्त समूह– माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा कुष्माण्डाको वर्णन पाइन्छ ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

राजधानीका गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजा गर्न भक्तजनहरुको घुँइचो लागेको छ ।