काठमाडौं– सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो । सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए । तर, घुस लिन छाडेनन् ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे । १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा समेत दायर गरेको छ ।


ADVERTISEMENT

# # #


‘घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन’, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने, ‘घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन।’

कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरेका छन् । ‘शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र सुधारको खाँचो छ’, उनले भने, ‘बाहिर घुस खान्नँ भने पनि अन्तर्आत्मादेखि त्यो अभिव्यक्त भएको छैन ।’ – आजको अन्नपूर्ण पोस्टबाट