काठमाडौं– शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।


ADVERTISEMENT


पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।’


ADVERTISEMENT

# # #


श्रीपेचका साथमा तत्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत सामग्री पनि प्रदर्शनीमा ल्याउने भएको छ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सातवटा तहमा राखिने भएको छ ।

सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो । – आजको गोरखापत्र दैनिकबाट