काठमाडौं– आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कदा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने नआउने भएका छन् ।


ADVERTISEMENT


नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् । नेपाली टोलीका अन्य सदस्य भने मालिन्डो एयर मार्फत शनिबार दिउँसो स्वदेश आइपुग्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


अपराजित रहँदै नेपाली टोलीले नेट रन रेटका आधारमा उपाधि जितेको हो । नेपालले ६ खेलमा ११ अंक जोडेको थियो । शुक्रबार सिंगापुरविरुद्धको खेल बर्षाका कारण रद्द भएको थियो । सिंगापुरसँग अंकमा बराबरी भएपनि नेट रनरेटका आधारमा विजेता बनेको हो ।

नेपालले जितेको छ । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो ।

नेपालले यस अघि म्यानमार र मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै भुटानलाई १ सय १७ र चीनलाई १० विकेटले पराजित गरेको थियो । नेपाल सहित सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् ।