इनरुवा– सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप रात्रीकालीन टि २० क्रिकेटको पछिल्लो खेलमा नेपाल पुलिस क्लब काठमाडौं बिजयी भएको छ ।


ADVERTISEMENT


जितसँगै फाइनल पुगेको पुलिसले उपाधी भिडन्तमा आज राती हुने खेलमा बिराटनगरको सामना गर्नेछ ।


ADVERTISEMENT

# # #


राती सम्पन्न खेलमा पुलिसले बिरगञ्जलाई ४९ रनले हराएको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । पुलिसकालागि सुनिल धमलाले ५२ रन बनाएका थिए । त्यसैगरी अमित श्रेष्ठले ३२ र सिद्धान्त लोहनीले २० तथा रामनरेश गिरीले नटआउट १८ रनको पारी खेलेका थिए ।

सुरुवाती अवस्थामा निकै आक्रामक ब्याटिङ गरेको पुलिस उच्च रनतर्फ अग्रसर देखिएपनि पछिल्लो ओभरमा लगातार एकपछि अर्को विकेट गुमाउदा मध्यम योगफलमा रोकिएको थियो ।

बलिङ तर्फ बिरगञ्जकालागि पवन सराफले हयाट्रिक सहित ४ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको बिरगञ्ज भने १९ दशमलव २ ओभरमा १ सय १० रनमा समेटिएको थियो ।

पुलिसको बलिङ सामू दबाबमा ब्याटिङ गरेको बिरगञ्जका सैदुल्ला अन्सारीले २७, नसरुदिन अन्सारी २२ र रासिद खानले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।