काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आगामी साउन २८ देखि सुरु हुने भएको छ। बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार सिजनको पहिलो खेलमा चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्ने छ।


ADVERTISEMENT


यस्तै यही सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्युक्यासलले पहिलो खेलमा टोटनह्याम, ब्राइटनले म्यानचेस्टर सिटी तथा हडर्सफिल्डले क्रिष्टल प्यालेससँग खेल्ने भएका छन्।


ADVERTISEMENT

# # #


सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने छ। यो सिजनमा चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिष्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पुराना टिम हुन्। यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्सफिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् ।

यस्तै हल सिटी, मिडल्सबर्ग र सन्डरल्याण्ड रेलिगेशनमा परेर म्याम्पियनसिपमा घटुवा भए।

तालिका हेर्न तलको लिङ्कमा जानुहोस्

http://www.bbc.com/sport/football/premier-league/fixtures