काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित आज तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एक जना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । एक जनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको बताइएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडाँैमा बुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धि–१९७५ अनुसार उनीहरुलाई कारवाही गरिने ब्यूरोले जनाएको छ ।