काठमाडौं– बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन् । दसैंको समयमा सार्वजनिक यातायत कम चल्ने भएपछि यात्रुहरुको सुविधाका लागि दुई प्रहरी संगठनले दसैं अवधिभरका लागि निःशुल्क बस सेवा सञ्चलानमा ल्याएका हुन् ।


ADVERTISEMENT


नेपाल प्रहरीले अष्टमी, नवमी र दशमीका दिन निःशुल्क बस उपत्यकाभित्रका ३ वटा रुटमा चलाउने महानगरिय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए । पन्तका अनुसार ३ ओटा बसमा एउटा रुट कलंकी–एकान्तकुना–पुल्चोक–माइतीघर हुँदै पुतलीसडक–रत्नपार्कसम्म चल्नेछ भने रत्नपार्कदेखि त्रिपुरेश्वर–कालीमाटी–कलंकी हुँदै सोही रुट परिक्रमा गर्नेछन् ।


ADVERTISEMENT

# # #


दोस्रो रुटमा कोटेश्वरदेखि शहिदगेट हुँदै महाराजगंजको नारायणगोपाल चोक–गौशाला–मैतीदेवी परिक्रमा गर्नेछ भने तेस्रो रुटको बस नयाँ बसपार्कदेखि चाबहिल–नक्साल– लैनचौर–सोह्रखुट्टे–नयाँ बजार–बालाजु चोक हुँदै बसपार्क पुग्ने प्रहरीले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । यस्तै सशस्त्र प्रहरी बलले पनि बुधबारबाटै उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालनमा ल्याएको छ ।

सशस्त्र प्रहरीको निःशुल्क बस सेवाको एउटा रुट कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतिघर, बानेश्वर–कोटेश्वर–ठिमी हुँदै सुर्यविनायकबाट फेरि कलंकी पुग्नेछ । दोस्रो रुटमा लगनखेल–जावलाखेल–पुल्चोक–त्रिपुरेश्वर–जमल–लैनचौर–नारायणगोपालचोक–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म पुगेर सोही रुट हुँदै लगनखेलसम्म पुग्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

तेस्रो रुटमा स्वयम्भु हल्चोकबाट कलंकी–बल्खु–सातदोबाटो–कोटेश्वर–गौशाला–चावहिल–सामाखुशी–बालाजु हुँदै चक्रपथ परिक्रमा गर्नेछ । चौथो बस स्वयम्भु हल्चोक हुदै बालाजु –सामाखुशी–चावहिल–गौशाला–कोटेश्वर–सातदोबाटो –बल्खु–कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ ।

सशस्त्रले निःशुल्क बस दसैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । नेपाली सेनाले भने दसैंको दिन ८ ओटा बस निःशुल्क सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ । महाशाखाका एसएसपी पन्तका अनुसार सुरक्षा निकायका निःशुल्क वसले यात्रुलाई गन्तव्यमा पुग्न राहत मिल्ने बताए । पन्तका अनुसार केही सरकारी बसहरु पनि उपत्यकामा निःशुल्क रुपमा चलाउने तयारी भएको छ ।

यी आर्मीले सञ्चालन गर्ने रुटहरु हुन् रुट :

रुट नं.१—  भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२—  भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४—  भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं. ७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं. ८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।