काठमाडौं – ‘गुन्डा नाइके’ गणेश लामा जेलबाट छुटेका छन् । लामा ३० गते सोमबार राति छुटेका हुन् ।


ADVERTISEMENT


उनी पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामालाई प्रहरी टोलीले गौशालास्थित होटल पशुपति भिजनमा पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थुनछेक आदेश बमोजिम उनलाई हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप डिल्लाबजार कारागारमा पुर्पक्षका लागि राखेको थियो ।


ADVERTISEMENT

# # #


डिल्लीबजार कारागारका अनुसार लामा हतियारको मुद्दामा सजाय पूरा भएपछि जेलमुक्त भएका छन् ।

गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।