युएइमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा बल्ख लिजेन्ड्ससँग नगरहर लिओपार्डले सेमिफाइनलमा लज्जास्पद हार व्यहोरेको छ। लिओपार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली हो।


ADVERTISEMENT


तर लिजेन्ड्सविरुद्धको सेमिफाइनल खेलमा सन्दीप भने टोलीमा परेका थिएनन्। सन्दीप यसअधि भएको दास्रो खेलमा पनि टोलीमा परेका थिएनन्। पहिलो खेलमा भने उनले २ विकेट लिएका थिए। शुक्रबार राति भएको पहिलो सेमिफाइनल खेलमा लिओपार्डस बल्ख लिजेन्ड्ससँग १ सय ७१ रनले फराकिलो हार व्यहोर्न बाध्य भयो।


ADVERTISEMENT

# # #


शारजाह क्रिकेट मैदानमा लिजेन्ड्सले दिएको २ सय ३६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लिओपार्डस १३ ओभर १ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो। लिओपार्डसका फजल नियाजाई र आन्द्रे फ्लेट्चरले समान १३–१३ र कप्तान वेन कुटिङले ११ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको आकडा पार गर्न सकेनन्। लिओपार्डलाई सस्तैमा समेटन लिजेन्ड्सका मोहमद नाबीले ४, क्विस अहमदले ३, मिर्वाइस असरफले २ र अफ्ताब आलमले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ३५ रनको बिशाल योगफल तयार पारेको थियो। लिजेन्ड्सका लागि डरविस रासुलीले सर्वाधिक ७८ रन बनाए। उनले ४५ बलमा ७ चौंका र ४ चौंका प्रहार गरे। क्रिस गेलले पनि ५४ रन बनाए। उनले ३० बलमा ९ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान मोहमद नाबीले ४७ र कोलिन मुन्रोले ३३ रनको योगदान दिए। लिओपार्डसका बेन कुटिङले २ तथा नभिन उल हक, फजल निआजाइ र अफगानी बलर जाहिर खानले एक–एक विकेट लिए।

अब उपाधिका लागि लिजेन्ड्सले काबुल र पक्टियाबीचको विजेतासँग खेल्ने छन्।  फाइनल खेल आइतबार हुनेछ।