विवाह भएको १८ वर्षपछि जब डायन रीबको सम्बन्ध विच्छेद भयो, तब उनले फेरि प्रेमको आशा गरेकी थिइनन् । तर ५० वर्षीया रीबले २००२ मा फिलीप पेडलाई भेटिन् । 


ADVERTISEMENT


रीब आफ्नो ब्वायफ्रेन्डका साथमा खुसी थिइन् । तर एकदिन रीबको जिन्दगीमा तुफान आयो । उनलाई थाहा भयो कि फिलिप पेडको अन्य महिलासंग पनि सम्बन्ध रहेको छ र ज्यानमारा एचआइभी पनि । रीबले यसरी सुनाइन आफ्नो कहानी : 


ADVERTISEMENT

# # #


मैँले प्रेम पाउने आशा मारिसकेकी थिएँ । तरपनि मलाई मेरा केही साथीहरुले मलाई सम्झाए र अनलाइन डेटिङ सुरु गर्ने सुझाव दिए । अनलाईन डेटिङ गेमका माध्यामबाट मेरो फिलिप पेडसंग चिनजान भयो । केही समयको कुराकानीपछि हामीले भेट्ने निर्णय गर्यौं ।

डायन रीब आफ्नो ‘ब्वायफ्रेन्ड’ फिलिप पेडका साथमा ।

हामीले मेरो मार्सल आर्ट स्कूलमा भेट्यौँ । पहिलो भेटमा नै हामी एक अर्कालाई मन पराउन थाल्यौँ । फिलिप एक कम्पनीमा सुरक्षा विश्लेषकका रुपमा काम गथ्र्यो । तर एक वर्षपछि उसले त्यो जागिर छाड्यो । मैँले उसलाई बताएँ कि तिमी जबसम्म् अर्को जागिर भेटाउँदैनौँ, तबसम्म मेरा मार्सल आर्ट स्कूलमा काम गर्नसक्छौँ । त्यसपछि ऊ मेरोसाथमा काम गर्न थाल्यो।

बेलुका हामी जब स्कूलबाट निक्लिन्थ्यौँ, तब अक्सर रात बिताउँथ्यौँ । हामी आफ्नो सम्बन्धलाई अघि लैजाने कुरा गथ्र्यौँ । म उसका साथ भविष्यका सपना सजाउन थालेकी थिएँ ।

२००६ मा मेरी छोरीको विवाह भयो । विवाहमा फिलिप पनि साथमै रह्यो । केहिदिनपछि हामीले एक रात पारिवारिक डिनरको योजना बनायौँ । मैँले फिलिपलाई पनि निमन्त्रणा गरेकी थिएँ । तर, उसले इन्कार गर्यो । फोनमार्फत उसले स्वास्थ्य ठिक नभएको बतायो । उसले फोन आफ्नो घरबाट नगरेकोले मलाई शंका उत्पन्न भयो ।

डायन रीब र उनकी छोरी।

म उसको घरमा गएँ । तर ऊ त्यहाँ थिएन । त्यो दिन म एकदमै रोएँ । म एकदमै रिसाएकी थिएँ । उसको फोनको बिल म आफै तिर्थेँ । त्यसैले म उसको भ्वाइस मेल चेक गर्न सक्थेँ । उसलाई दुई महिलाले भ्वाइस मेल पठाएको पाएँ र फिलिप तिनै महिलालाई भेट्न गएको पत्ता लगाएँ ।

फिलिप जब फर्केर आयो तब मेरो उसंग खूब झगडा भयो । त्यस दिन मेरो र उसको सम्बन्ध विच्छेद भयो । शनिवार हाम्रो सम्बन्ध विच्छेद भयो र सोमबार मैँले स्त्री विशेषज्ञसंग आफ्नो जाँच गराएँ । उनले मलाई गर्भाशयमा इन्फेक्सन भएको बताइन् । उनका अनुसार यो ‘सेक्सुअल पार्टनर’बाट हुन्छ ।

फिलिपको कारणले नै मलाई यो रोग लागेको निचोड गरेँ । त्यसपछि मैँले ती दुई महिलाको बारेमा बुझ्ने कोशिस गरेँ, जो फिलिपको साथमा ‘सेक्सुअल्ली एक्टिभ’ थिए ।

मैँले फिलिपको पछिल्लो ९ महिनाको फोन कल डिटेल निकालेँ र फोन गर्न सुरु गरेँ । जब कोही महिला फोन उठाउँथिन् त म उनीहरुलाई सोध्थेँ कि फिलिपका साथमा डेट गरिरहेकी छ्यौ ? जब उनीहरु स्वीकार गर्थे त म आफ्नो बारेमा बताउँथेँ ।

मैँले यस्त ९ महिला भेटाएँ, जो फिलिपसंग डेट गर्थे । यसमध्ये केही रिसाए, तर केहीले मलाई ध्यान दिएर सुनेर धन्यवाद भने । तिनैमध्ये केहीसंग म मिलेर फिलिपसंग डेट गरिरहेका अन्य महिलालाई सम्पर्क गर्ने कोशिस गरेँ।

तिनैमध्ये एक महिलाले मलाई बताइन् कि उनलाई एचआइभी भएको छ । म डराएँ । पछिल्ला ६ महिनामा मेरो स्वास्थ्य पनि खराब बन्दै गएको थियो । मेरो गर्भाशय पनि खराब भइरहेको थियो । अर्को दिन म आफ्नो डाक्टरसंग मिलेँ । उनले मेरो रगतको नमूना लिएर टेष्ट गरिन् । उनले बताइन् कि मलाई पनि एचआइभी भएको छ ।

यो सुन्दै डाँको छाडेर रुन लागेँ । मलाई अब मर्छु जस्तो लाग्यो । मलाई एचआइभीको पनि औषधी हुन्छ भन्ने थाहा थियो, तर त्यो कती प्रभावकारी हुन्छ भन्ने थाहा थिएन ।

जनवरी २००७ मा मैँले एक अर्को टेष्ट गरेँ । यसमा पनि मलाई एड्स भएको प्रमणित भयो । मसंग स्वास्थ्य बीमा थियो । तर, त्यसमा एड्स समेटिएको थिएन । मैँले सोच्न सकेकी थिइनँ कि म यति महंगो औषधी कसरी गरुँ ?

मैँले ती महिलालाई सम्पर्क गरेँ, जसले मलाई आफूलाई पनि एचआभी भएको बताएका थिए । हामी भेटेर एकसाथ बसेर रोयौँ । उनले बताइन् कि जतिबेला उनलाई एचआइभी भएको थाहा भयो, उनले फिलिपलाई फोन गरिन् । तर फिलिपको जवाफ आश्चर्य पार्ने खालको थियो ।

फिलिपले उनलाई भन्यो, ‘यसमा कुन ठूलो कुरा छ र ! हरेक मानिसको मृत्यु कुनै न कुनै कारणबाट त अवश्य हुन्छ । तिमी मलाई एक्लै छाडिदेउ र आफ्नो जिन्दगी जीऊ ।’

हामी दुबैलाई फिलिपले नै एचआइभी सारेको हो भन्ने यकिन थियो । दुबै मिलेर पुलिसमा उजुरी दियौँ । हामी पुलिसले उसलाई रोकोस् भन्ने चाहन्थ्यौँ ता कि अरु महिलाले हामीजस्तै दुःख भोग्नु नपरोस् । पुलिसले हाम्रो कुरा त सुने तर, उनीहरुले ‘सिर्फ दुई महिलाले बोल्ने बित्तिकै उसलाई आरोप लगाउन सकिँदैन । यदि चार वा पाँच महिलालले अदालतमा आएर यस बारेमा बोलेमा केही हुनसक्छ’ भने ।

मैँले फेरि फिलिपको फोन रेकर्ड पत्ता लगाएर कल गरेँ । अर्की एक महिलाको पनि फिलिपसंग सम्बन्ध रहेको थियो र उनलाई पनि एचआइभी सरेको थियो । उनी फिलिपको घर नजिकै बस्थिन् । उसको मदतमा हामीले फिलिपको घर आउने जाने महिलाको जानकारी पायौँ ।

हामीले एक एक गरी ती महिलासंग सम्पर्क गर्यौं । जसमा १३ जनालाई एचआइभी संक्रमण रहेको पत्ता लाग्यो । यो सुनेर म हैरान भएँ । म २००२ देखि फिलिपको साथमा थिएँ । तर यसभन्दा पहिले पनि उससंग सम्बन्धमा रहेका केही महिलाहरु भेटिए  । हामीहरुले देख्यौँ कि हरेक रात फिलिपको घरमा एक फरक कार आउँथ्यो र हरेक रात ऊ एक अलग महिलाको साथमा रहन्थ्यो ।

अब हामीलाई सबैभन्दा पहिला यो साबित गर्न जरुरी थियो कि उसलाई आफूलाई एचआइभी भएको जानकारी थियो । यसका बाबजुत ऊ अनेक महिलासंग सम्बन्ध बनाउँदै हिंडिरहेको थियो ।

डायन रीब आफ्नो ‘ब्वायफ्रेन्ड’ फिलिप पेडका साथमा ।

हेल्थ डिपार्टमेन्टमा एक महिला डाक्टर हाम्रो मदत गरीरहेकी थिइन् । मैँले उनलाई सोधेँ, ‘फिलिप कहिल्यै उपचारको लागि उनीसंग आएको थियो ?’ उनले भनिन्, ‘अहँ, यस नामको मानिस कोहि पनि आएको थिएन ।’

फेरि मलाई याद आयो, फिलिपको अर्को नाम फिल व्हाइटपनि थियो । डाक्टरलाई त्यो नाम याद रहेछ । मलाई याद छ फिलिप मृगौला पत्थरी भन्दै उपचार गरिरहेको थियो । तर यसबेला ऊ एचआईभी टेष्टको लागि यही डाक्टरकोमा आएको थियो ।

एचआईभी संक्रमित १३ मध्ये ५ महिलाले मात्रै अदालतमा बयान दिने बताए । किनकी अन्य महिला एचआइभी रोगलाई लिएर यसरी सार्वजनिक रुपमा बोल्न चाहँदैनथे । हामी मिलेर एक सर्पोट ग्रुप पनि बनाएका थियौँ ।

हामी अक्सर घरमा भेट्थ्यौँ र एकसाथ भएर मुद्दा लड्ने निर्णय गर्यौं । किनकी यस मामलामा अपराध जोडिएको थियो । हामीलाई टेक्सासको सरकारले मेडिकल सुविधा दिएको थियो ।

२००९ मा अदालतमा मुद्दा सुनुवाई भयो । जिल्ला अधिवक्ताले हामीलाई ‘तपाई यो केस हार्न पनि सक्नुहन्छ । के तपाई लड्नका तयार हुनुहुन्छ ?’ भनेर सोध्यो । तर, म डराइन । मैँले वकिलको प्रत्येक प्रश्नको जवाफ दिएँ ।

यसपछि हामीले यो मुद्दा जित्यौँ र फिलिपलाई दोषी ठहर्याएर अदालतले ४५ वर्षको जेल सजाय सुनायो । यो मेरालागि एकदमै खुसीको पल थियो । यद्दपी फिलिपले आफ्नो गल्ती कहिल्यै स्वीकार गरेन ।

एक अर्काको मदत बिना हामी पीडित महिला न्याय पाउन सक्दैनथ्यौँ । हामीले एक अर्कालाई साथ दियौँ र एक अर्काको ज्यान पनि बचायौँ ।मलाई आज पनि एड्स छ तर हामीले मिलेर आज फिलिपबाट अन्य महिलालाई एड्स हुनबाट रोकेका छौँ । -बीबीसी