काठमाडौँ– काठमाडौँको तारकेश्वर मनमैजु स्थित मालपोत कार्यालयका कर्मचारी जुवा खेल्दै गर्दा १ लाख ९७ हजार नगदसहित रङ्गेहात पक्राउ परेका छन् ।


ADVERTISEMENT


कार्यालय परीसर भित्रै बुधबार साँझ ६ बजे कार्यालय नायब सुब्बा रामराज पोखरेल सहित उदय शिलवाल , शिव अर्याल , सुमन भट्राई ,प्रलाद खड्का, लक्ष्मण केसी , शंकर तिमल्सीना ,पुष्कर थापा , मनोज तिमल्सीना, विजय सापकोटा , विनोद गजुरेल र केदार खत्रीलाई प्रहरील कार्यालय परीसरमा तास खेल्दै गर्दा पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ परेका १२ जना अहिले बालाजु प्रहरी वृतमा म्याद थप गरी थुनामा राखेको छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही प्रक्रिया अघि बढेको जनाइएको छ ।