पर्वत– पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ ।


ADVERTISEMENT


सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


महाशिला–४ साविक पाखापानी गाविस–४ चिहानडाँडास्ूिथत कित्ता नं १८७ को क्षेत्रफल एक रोपनी दुई आना एक पैसा दुई दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडपेर डोजर लगाएको आरोप पीडित खत्रीको छ । गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवाइमा आएको २०/३० जनाको समूहले आफूले एकलौटी हकभोग गरेको जग्गामा बिना अनुमति डोजर प्रयोग गरेको खत्रीले बताएका छन् ।

आफूलाई हातपात गर्न आएको समूहलाई छुटाउन खोज्ने आफ्नी जेठी छोरी लक्ष्मी खत्रीलाई समेत हातपात गरी तीन तोलाको सिक्री, नगद रु ४ हजार, कोदालो र एक तोलाको औँठी लुटेर लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गर्नुका साथै हातपात गरी खरबारीमा समेत आगो लगाइदिएको खत्रीले दर्ता गराएको उजुरीमा उल्लेख छ । उनले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रशासनसँंग सुरक्षाको माग पनि गरेका छन् ।

आफूमाथि उक्त घटनाको विषयलाई लिएर दैनिक धम्की आइरहेकाले खत्रीले सुरक्षाको माग गरेका हुन् । साथै उनले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

वडाध्यक्ष मल्ल र स्थानीयवासी भण्डारीविरुद्ध खत्रीले बिहीबार जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन् । यता वडाध्यक्ष मल्लले स्रोतसँग कुराकानी गर्दै आफूले त्यस्तो नगरेको बताए । “त्यहाँ बाटो पहिल्यै थियो, अहिले चक्लाबन्दी गर्ने क्रममा विवाद भएपछि आफूले बाटो खन्न रोकिएको छ”, उनले भने, “मैले कसैलाई केही गरेको छैन, प्रमाण भए मलाई कारवाही गरे हुन्छ ।” रासस