काठमाडौं – एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुममा खुलेको छ । बैंकले म्याङलुङ नगरपालिका वडा नं १ मा शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन म्याङलुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाङ्फेले गरे ।


ADVERTISEMENT


बैंकले देशभर २ सय ६४ शाखा, २ सय ६४ एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईबाट सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT

# # #