कतार– राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज दोहा आइपुगेकी छन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमी र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले स्वागत गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा छिन् ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गरेकी छन्। आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।