काठमाडौं– इन्टरपोलको आयोजना तथा नेपाल प्रहरीको सह–आयोजनामा ‘पोस्ट ब्लास्ट इन्भेस्टिगेसन’ प्रशिक्षण कार्यक्रम संचालन भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले सोमबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका हुन् ।


ADVERTISEMENT


सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले इन्टरपोल तथा नेपाल प्रहरीबीच रहेका सहकार्य, साझेदारी, समन्वय तथा सहयोगको निरन्तरता तथा प्रगाढताको लागि इन्टरपोललाई धन्यवाद ज्ञापन गर्दै प्रशिक्षणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रहरी अधिकृतहरुलाई प्रशिक्षण पश्चात प्राप्त हुने ज्ञान तथा सीपको समयानुकुल प्रयोग गर्न शुभकामना दिए ।


ADVERTISEMENT

# # #


इन्टरपोल अन्तर्गतको परियोजना ‘प्रोजेक्ट स्कोर्पियस’ द्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवर्तनको क्षमता बढाउनका लागि आतंकवाद र सम्बन्धित अन्तर्राष्ट्रिय अपराधलाई अन्तर्राष्ट्रिय क्षेत्रीय दृष्टिकोण र ूबहुसंख्यक क्षमता निर्माणू को आधारमा अनुसन्धान तथा नियन्त्रण गर्न उद्देश्य अन्तर्गत प्रशिक्षण संचालन गरिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रीय प्रहरी बिशेष कार्यदल, कपनमा चरणबद्द हुने कुल ६ दिन अवधि रहेको प्रशिक्षण कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, मेक्सिको, फिलिपिन्स, इन्डोनेसिया,क्यानडा, माल्दिभ्स, बेलायत, बंगलादेश, मलेसिया, पाकिस्तान, श्रीलंका, नेदरल्यान्ड, टिमोर लेस्टे, इजिप्ट र नेपाल गरी कूल १६ देशका ४४ जना प्रहरी अधिकृतहरु, अन्य व्यक्तित्व तथा प्रशिक्षक वर्गको सहभागिता रहेको छ ।