विदुर– देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला नै बढी छन् ।


ADVERTISEMENT


नयाँ बनेको कानूनमा पुरुषले पनि सिधै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्न पाउने कानून बनेका कारण केही जिल्लामा सम्बन्धविच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढेपनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ ।


ADVERTISEMENT

# # #


गत भदौ १ गतेदेखि उक्त अदालतमा अहिलेसम्म दर्ता भएका ३५ सम्बन्धविच्छेदका मुद्दामध्ये १३ पुरुष र २२ वटा महिलाले दायर गरेको उक्त अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताए । “अरु जिल्लामा भदौपछि उक्त मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष नै बढी भएकामा यहाँ भने महिला नै बढी छन् सायद कसैलाई नयाँ कानूनबारे जानकारी नभएर पनि हुनसक्छ,” गत वर्ष उक्त अदालतमा १२६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएको र २७ बाँकी रहेको थियो ।