काठमाडौँ– शिक्षण अस्पताल महाराजगञ्जमामा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर गरिएको भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीलले सामान्य मौसमी रुघाखोकी र त्यसको संक्रमण रोक्नका लागि आफू अस्पताल आएको बताउँदै छिट्टै काममा फर्किने बताएका हुन् । यस्तै उनले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिएका छन् ।


ADVERTISEMENT

# # #


‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’ प्रधानमन्त्रीले ओली भनेका छन् ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् ।
अपराध कर्ममा संलग्न हुने, प्रमाण नष्ट गर्ने वा अवराधी बचाउनेलाई कडा कारबाही गर्ने उनले बताएका छन् ।

ओली सोमबार विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

चिकित्सकहरुले आफूलाई छिट्टै डिस्चार्ज हुने जानकारी गराएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । ‘चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु’ उनले भने ।