काठमाडौँ– आइसीसी च्याम्पियनसिप ट्रफीको उपाधीका लागि जारी खेलमा पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान फखर जमानले एकदिवसीय क्रिकेटमा पहिलो सतक पुरा गरेका छन्। उनले भारतविरुद्ध हाल ओभलमा भइरहेको फाइनलमा चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा सतक बनाएका हुन्।


ADVERTISEMENT


फखरले ९२ बलमा २ छक्का र १२ चौकाको सहयोगले सतक पुरा गरेका हुन्। उनले अश्विनको बलमा चौका प्रहार गर्दै सतक पुरा गरेका हुन्। यही प्रतियोगिताका लागि पाकिस्तानी टोलीमा समावेश भएका २७ वर्षीय फखर समूह चरणको दोस्रो खेलपछि टोलीमा समावेश भएका थिए। उनले यसअघि श्रीलंकाविरुद्ध ५० र इङ्ल्यान्डविरुद्ध ५७ रन बनाएका थिए।
समकक्षी प्रारम्भिक ब्याट्सम्यान अजहर अलीसंग १२८ रनको किर्तिमानी साझेदारी गरेका उनले दोस्रो विकेटका लागि बी आजामसंग खेलिरहेका छन् ।


ADVERTISEMENT

# # #


अहिले पाकिस्तानले ३२.४ ओभरमा १९९ रन बनाएको छ । सतक प्रहार गरेका फखरले १ सय ४ बल खेलेर १ सय १३ रन बनाएर खेलिरहेका छन् ।