काठमाडौँ– पोखरा प्रिमियर लिगमा बिहीबारको खेलमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


खेलमा टस जितेर धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो ।


ADVERTISEMENT

# # #


ओपनिङमा आएका दिलिप नाथ र सुबेन्दु पाण्डे १० १० रन बनाउँदा आउट भए । तेस्रो विकेट पिटर ट्रेगो १४ रन बनाउँदा आउट भए पनि चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र डान लोरेन्सले प्रतियोगिताकै सबैभन्दा धेरै १ सय ८ रनको साझेदारी गरे ।

लोरेन्स ३९ बलमा ५२ रन बनाउँदा आउट भए भने दिपेन्द्र ३९ बलमा ५६ रन बनाउँदै अविजित रहे । सौरभ खनालले ४ बलमा १३ रन बनाए ।
बुटवलका विपिन खत्रीले दुई साथै रोहन मुस्तफा र अभिनाश बोहराले एकरएक विकेट लिए ।