काठमाडौं– मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ ।


ADVERTISEMENT


आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।


ADVERTISEMENT

# # #


बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए ।

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’

‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको पनि मर्यादा राख्न सक्नुभएन’, एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवै जना एकै क्याबिनेटमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’– आजको अन्नपुर्ण पोष्टबाट