काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आइतबार निधन भएका मानवअधिकारकर्मी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।


ADVERTISEMENT


सोमबार बिहान १० बजे लाजिम्पाटस्थित स्व. तुलाधरको निजी निवासमा गई नेता खनालले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


छातीको गम्भीर सङ्क्रमणबाट आइतबार दिउँसो १२ः४५ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेरमा तुलाधरको निधन भएको थियो । पूर्वस्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।

उनी पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

तुलाधरको आजै शोभाभगवतीमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् ।