भोजपुर– आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ ।


ADVERTISEMENT


विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने कृषकको माग छ । कृषक चन्द्रबहादुर पाण्डे भन्छन्, “मुख्य बालीका रुपमा अलैँचीको खेती गर्दै आएका छौँ, विभिन्न रोगले खलैँची खेती सङ्कटमा पर्दै गएको छ ।”


ADVERTISEMENT

# # #


उत्पादन भएको अलैँचीले उचित मूल्य नपाउँदा कृषक झन निराश बनेको भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका महेन्द्रबहादुर राईले बताए । उनले आठ रोपनीमा अलैँची खेती गरेका छन् । “यस वर्ष अलैँचीमा फल नै लागेन । गाना कुहिएर सखाप भयो ।” उनले भने । अलैँची खेतीबाट अधिकांश कृषकले जीवनस्तर उकास्दै आएका थिए ।

महोत्सव सम्पन्न

हतुवागढी गाउँपालिकामा आयोजना गरिएको ‘दोस्रो हतुवागढी घोरेटार महोत्सव’ सम्पन्न भएको छ । “स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरौं, युवा स्वरोजगारमूलक कार्यक्रम अभिवृद्धि गरौं’ नाराका साथ कात्तिक ३ गतेदेखि महोत्सव सञ्चालन गरिएको हो ।

यसैबीच ‘पहिलो देउराली भोजपुर महोत्सव’ पनि सम्पन्न भएको छ । कोशी युवा क्लब तथा देउराली महोत्सव आयोजक मूलसमितिको आयोजनामा षडानन्द नगरपालिका– ११ र १२ मा दुई दिने महोत्सव आयोजना गरिएको थियो । स्थानीय कृषि उत्पादन, पशुजन्य उत्पादन तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।