काठमाण्डौ – एनआईसी एशिया बैंकले तिहार र छठ पर्वको अवसरमा थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।


ADVERTISEMENT


एनआईसी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई नेपालभरी एक ठाउँबाट अर्को ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यस सुविधा कात्तिक र मङ्सिर महिना सम्मको लागि लागू हुने बैंकले जनाएको छ ।

यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरिकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ ।